Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बमको धम्कीपछि मस्कोबाट गोवा आउँदै गरेको जहाज आपतकालीन अवतरण

बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एउटा चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरेको छ।

नयाँ दिल्लीस्थित रूसी दूतावासका एक अधिकारीले भारतीय अधिकारीका तर्फबाट विमानमा बम रहेको सूचना दिइएको थियो।
अधिकारीहरू अनुसार बम रहेको धम्कीपछि विमानलाई सोमबार राति ९.४९ बजे जामनगरको सेनाको ब्यारेकमा अवतरण गराइएको थियो। अहिले सबै यात्रु सुरक्षित छन्।

राजकोट र जामनगर रेन्जका आईजी अशोक कुमार यादवका अनुसार विमान डैबोलिम विमानस्थलमा अवतरण हुनुपर्ने थियो। अहिले यो विमानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

नयाँ दिल्लीस्थित रूसी दूतावासका एक अधिकारीले मस्कोबाट गोवा आउँदै गरेको अजुर एयरको विमानमा बमको धम्की आएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com