Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

Monthly Archives: २०८० बैशाख १७, आईतवार १९:२२ बजे

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

पूर्वलडाकुलाई रकम दिने निर्णयको विरोध नगर्न गृहमन्त्री श्रेष्ठको आग्रह

बैशाख,१७ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अयोग्य लडाकुलाई सहयोग गर्ने निर्णय शान्ति सम्झौताको कार्यान्वयनको एक पाटो भएकाले विरोध गर्न नहुने तर्क गरेका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरुसंग उनले भने, ’अयोग्य लडाकुलाई दुई÷दुई लाख सहयोग दिने निर्णय धेरै पुरानो हो । यो विषय सर्वोच्च अदालतमा समेत पुगिसकेको छ । सर्वोच्चले पनि स्वीकृति दिइसकेको छ । […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाण्डौ – सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ ।सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहितको टोलीबीच वार्ता भइरहेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्तिदेखि माइतीघरमा धर्ना थाल्नुभएको हो । वैज्ञानिक पुनले […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

श्रीमान्‌ले ब्युटिपार्लर जान नदिँदा आत्महत्या गरिन् यी ३४ वर्षीया महिलाले

भारतमा गत बिहीबार एक महिलाले ब्युटिपार्लर जान नपाएको झोँकमा आत्महत्या गरेकी छिन् ।मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी हुन् । आफूलाई श्रीमान्‌ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । १५ वर्षअघि बलराम यादवसँग विवाह गरेकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैशाख,१७ काठमाडौं । बिपी राजमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। काठमाण्डौबाट सिन्धुलीतर्फ आउदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घट्ना हुँदा दुई जनाको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालको अनुसार विपी राजमार्गको सिन्धुली […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

भारतको कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत

भारतको पञ्जाव राज्यको लुधियाना जिल्लास्थित एक कारखानामा आइतबार बिहान ग्यास चुहिँदा ९ जनाको मृत्यु भएको छ । अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय विपद् प्रतिकार्य बल एनडीआरएफको एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ । एनडीआरएफ टोली […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

भारतमा तीन सन्तानको हत्यापछि आमाले पनि गरिन् आत्महत्या

भारतको विहारस्थित गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी छन् ।जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् । छिमेकीहरूले पनि मालतीको आत्महत्याको कारण उनका […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

विवाह गर्न नमानेपछि डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या

काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् ।  प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित […]

Read More

Breaking, Featured, अन्य, राजनीति, समाचार | By: info@yetikhabar.com

अपमानित व्यवहार नगर्न नेताहरुलाई बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको चेतावनी (भिडिओसहित)

काठमाडौं, १६ बैशाख । जनयुद्धका अयोग्य लडाकुलाई राहतस्वरुप जनही दुई लाख राहत उपलब्ध गराउनेगरि सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएको विषयलाई विभिन्न राजनीतिक दलहरुले विरोध गरेको भन्दै बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले आपत्ति जनाएको छ। आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आपत्ति जनाएको हो । अहिलेको परिवर्तन र व्यवस्था नै आफूहरुको कारणमात्रै […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

२ लाख दिने निर्णयको विरोध नगर्न बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले दुई लाख रुपैयाँ आफूहरुलाई राहत स्वरुप दिने सरकारको निर्णयको विरोध नगर्न संघीय संसद र त्यहाँका सांसदहरुलाई चेतावनी दिएको छ ।  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संगठनका महासचिव राजन थापाले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले आफूलाई सो रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको विरोध नगर्न संघीय संसद […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

अयाेग्य लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय तत्काल खारेज गर्न एमालेकाे माग

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले देशको आर्थिक अवस्था भयावह भएको बेला सरकारले अयाेग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय तत्काल खारेज […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com