Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

विवाह गर्न नमानेपछि डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् । 

प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । 

मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् । पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।

मृतककी काकी सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा छ भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी हुन् ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् । नुवाकोट स्थायी घर भई हाल बोहोराटार हाइटमा घर बनाई बसोबास गरिरहेका सुजन ढकालका बुवाले अनुमासँग छोरा सुजनको विवाह गराइदिन अस्वीकार गरेको कारण अनुमाले आत्महत्या गर्नुपरेको मृतककी कार्की सिर्जनाले दाबी गरिन् । अनुमाको शवसँगै भेटिएको ‘सुसाइडल डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समावेश गरेकी छिन् ।

अनुमाले यसअघि पनि आत्महत्याको प्रयास गरेको उनकी कार्की सिर्जनाले बताइन् । यसअघि गत वर्षको वैशाख र गत साउनमा पनि आत्महत्याको प्रयास गरेको तर त्यतिबेला बचाउन सकिएको सिर्जनाले बताइन् । यसपटक भने अनुमाले प्रेमी सुजन ढकालकै घरमा पुगेर आत्महत्या गरिसकेको अवस्थामा भेटिएको छ । सुसाइडल नोटमा अनुमाले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा उल्लेख गरेकी छिन् ।  

आत्महत्याको समयमा प्रेमी ढकाल धरानमा

यता अनुमाले प्रेमी सुजन ढकालकै घरमा गएर आत्महत्या गरेको समयमा प्रेमी सुजन ढकाल भने धरानमा रहेको पाइएको मृतककी काकी सिर्जनाले बताइन् । ढकाल काम विशेषले हो वा अन्य कारणले धरान गएको भन्ने जानकारी नपाएको सिर्जनाले बताइन् । 

आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी

लामो समय प्रेम सम्बन्धमा रही दुईपटक गर्भपतन समेत गराइसकेकी प्रेमिकालाई विवाह नगरी अलपत्र पारेको र प्रेमीका बुवाले समेत विवाह गरी घरमा भित्राउन अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनीहरुविरुद्ध आतमहत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको मृतककी काकी सिर्जना श्रेष्ठले बताइन् । आफूहरू यतिबेला प्रहरी वृत्त बालाजुमा रहेको र जाहेरी दिने तयारी गरिरहेको बताइन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ । रातो पाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com