Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाण्डौ – सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहितको टोलीबीच वार्ता भइरहेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्तिदेखि माइतीघरमा धर्ना थाल्नुभएको हो ।

वैज्ञानिक पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने अडान राख्नुभएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उहाँको भनाइ छ ।

उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग गर्नुभएको छ ।

माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक पुनलाई युवा तथा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले पनि साथ दिएका छन् । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com