Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

स्पेनका प्रधानमन्त्री पत्नीविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रारम्भिक अनुसन्धान शुरु

काठमाण्डौ – स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान शुरु गरेपछि आफ्नो सार्वजनिक काम र कर्तव्य रोक्नुभएको छ । यस अवधिमा उहाँले पदमा निरन्तरता दिने कि रोक्ने भन्नेबारे विचार गर्ने बीबीसीले जनाएको छ ।

स्पेनका प्रधानमन्त्रीले आफूले आफ्नो पद तथा भविष्यको निर्णयबारे मे २९ मा सार्वजनिक गर्ने बताएका खबरमा उल्लेख छ । अदालतले प्रधानमन्त्री पेड्रोकी पत्नी बेगोना गोमेजविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको छ । गोमेजले अदालतमा आफ्नो सम्मानको रक्षा गर्ने र अदालतको काम तथा अनुसन्धानमा सघाउने प्रधानमन्त्री पेड्रोले बताउनुभएको छ ।

बेगोना गोमेजविरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गर्नुभएको थियो । उहाँले पछिल्लो केही वर्षमा उच्च प्रोफाइलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दै आउनुभएको छ । प्रधानमन्त्री पेड्रोले आफू र श्रीमतीलाई राजनीतिक र व्यक्तिगत रूपमा कमजोर पार्ने उद्देश्यले महिनौँसम्म लगाएर फसाउने रणनीति लिएका आरोप लगाउनुभएको छ । अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी भने  दिएको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com