Yeti Khabar

२०८० आश्विन १६, मंगलवार - Tue Oct, 2023 -

स्विट्जरल्यान्डमाथि स्पेनको कठिन जित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो जित निकालेको छ। समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्वीजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे।

उनले खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा गोल गरेका हुन् ।
सुरूआती अग्रता जोगाउँदै स्पेनले महत्वपूर्ण ३ अंक जोडेको हो।
यस जितसँगै लिग ए समूह २ मा स्पेनले अपराजित रहँदै ३ खेलबाट ५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्पेनले १ जित र २ बराबरी नतिजा निकालेको छ।

तीन खेलबाट सात अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानका उक्लिएको छ। समूहमा अपराजित पोर्चुगलले दुई खेलमा जित निकाल्दा एकमा बराबरीको नतिजा निकालेको छ।।
यस्तै, समान खेलबाट चार अंक जोडेको चेक तालिकाको तेस्रो स्थानमा छ। अंकविहिन स्वीटजरल्याण्ड पुछारमा छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com