Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

Monthly Archives: २०७९ असार १६, बिहीबार २२:०५ बजे

Breaking, राजनीति, समाचार | By: info@yetikhabar.com

पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण […]

Read More

Breaking, समाचार | By: info@yetikhabar.com

जनता समाजवादी पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

असार, १६ काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद […]

Read More

Breaking, समाचार | By: info@yetikhabar.com

ढुंगा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। ‘मन्त्रिपरिषदको २०७७ साल […]

Read More

Breaking, दुर्घटना, समाचार | By: info@yetikhabar.com

बस दुर्घटना हुँदा १ जनाको मृत्यु ४४ जना घाइते

असार,१६ काठमाडौ । बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन ।अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना […]

Read More

Breaking, राजनीति, समाचार | By: info@yetikhabar.com

नवनियुक्त मन्त्रीहरूलाई एकीकृत समाजवादी अध्यक्ष नेपालले दिए प्रशिक्षण

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्। एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न पनि सुझाव दिए। […]

Read More

Breaking, समाचार | By: info@yetikhabar.com

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ मा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ।पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए। बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए। रासस

Read More

Breaking, विश्व, समाचार | By: info@yetikhabar.com

महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। ‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले सामाजिक सञ्जालमा भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ उद्धव ठाकरेले आफूले विधान परिषद्को सदस्यता पनि त्याग्ने […]

Read More

Breaking, विश्व, समाचार | By: info@yetikhabar.com

सांसदले भोट हालेर विघटन भयो इजरायलको संसद, तीन वर्षमा पाँचौं पटक आमचुनाव हुने

इजरायलमा फेरि संसद विघटन भएको छ। समाचार संस्था एएफपीका अनुसार इजरायली सांसदहरूले बिहीबार संसद विघटन गर्ने प्रस्तावमा मतदान गरेका छन्।संसद विघटन भएसँगै इजरायलमा फेरि आमचुनाव हुने भएको छ। नोभेम्बर १ मा चुनाव हुने बताइएको छ। सन् २०१९ पछि इजरायलमा आम चुनाव हुन लागेको यो पाँचौं पटक हो।संसद विघटन भएसँगै प्रधानमन्त्री नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार […]

Read More

Breaking, election, समाचार | By: info@yetikhabar.com

कात्तिक वा मंसिरसम्ममा संघ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए। उनले स्थानीय […]

Read More

राजनीति, समाचार | By: info@yetikhabar.com

केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे वामदेव गौतम

असार,१६ काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्। वाम एकता गराउनका लागि भन्दै पार्टी खोलेका गौतम बिहिबार बिहान ओली निवास पुगेका हुन् ।अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको छ।

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com