Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

नवनियुक्त मन्त्रीहरूलाई एकीकृत समाजवादी अध्यक्ष नेपालले दिए प्रशिक्षण

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए।

उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न पनि सुझाव दिए। मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उच्च हुने गरी काम गर्नुपर्ने बताए।

पार्टीका तर्फबाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com