Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

Monthly Archives: २०८० भाद्र १३, बुधबार १३:०७ बजे

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

जेल पुगेर शशांकले बालकृष्णलाई भेटे

भदौ,१३ काठमाडौं । कांग्रेस नेता डा। शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् । आज सुन्धारास्थित केन्द्रीय कारागार पुगेर कोइरालाले खाँणलाई भेटेका छन् । केही दिनअघि कांग्रेस नेता डा। शेखर कोइरालाले पनि खाँणसँग भेट गरेका थिए । कोइराला र खाँणबीच पार्टीभित्रको आन्तरिक राजनीतिका विषयमा छलफल […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

संयुक्त राष्ट्रसंघले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने

काठमाण्डौ – संयुक्त राष्ट्र संघको महासभाले परमाणु परीक्षणविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ ।  मंगलवार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु परीक्षणको विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने बताउनु भयो । संयुक्त राष्ट्र महासभाको ७७ औँ सत्रका अध्यक्ष कोरोसीले आणविक हतियारको प्रयोगले धेरै […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

बडीमालिका जात्रामा गएका एक तीर्थयात्रीको मृत्यु

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको मृत्यु भएको हो। बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए। अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए। यस्तै […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

अरिङ्गालले चिलेर एक जनाको मृत्यु

भदौ,१३ काठमाडौं । स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभयो । हिजो साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै ज्यान गएको […]

Read More

Breaking, Featured, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

डेंगुको सङ्क्रमणका कारण ४२ दिनकी सुत्केरीको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ ।रौतामाई गाउँपालिकाका अनुसार डेंगु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीय सुमित्रा मगर रहेकी छन् ।  सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेंगु सङ्क्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराएको र जिल्ला […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

एमालेका नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

भदौ,१३ काठमाडौं । एमालेका शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको छ । जनकपुर जाँदै गरेको जहाजको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । जहाजमा एमालेका शीर्ष नेताहरु चढेका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

गोसाइँकुण्डमा टेलिफोन सेवा सञ्चालन

काठमाण्डौ –  रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु जि प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो।  […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु

भदौ,१३ काठमाडौं । पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको मृत्युु भएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो । जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले बताएको छ। दुर्घटनामा घाइते भएका […]

Read More

Breaking, Featured, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

डेङ्गी सङ्क्रमणबाट मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गी रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । भारतबाटै डेङ्गीको सङ्क्रमण भएको वा […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वरको निधन

भदौ,१२ काठमाडौं । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो बेलुका जनकपुरधामस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी विगत १४ महिनादेखि बिरामी परेका थिए । उनी प्रोटेस्ट क्यान्सरबाट पीडित थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com