Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

एमालेका नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

भदौ,१३ काठमाडौं । एमालेका शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको छ । जनकपुर जाँदै गरेको जहाजको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

जहाजमा एमालेका शीर्ष नेताहरु चढेका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु चढेका थिए ।

एमालेको आजदेखि सिरहामा सचिवालय बैठक बस्दैछ । जनकपुर पुग्ने बेलामा समस्या आएकाले ओर्लन नसक्ने भन्दै काठमाडौं ल्याइएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com