Yeti Khabar

२०८१ आश्विन ५, शनिबार - Sat Sep, 2024 -

मकवानपुरमा पहिरोमा परी एक जनाको मृत्यु, ६ बेपत्ता

साउन,२३ काठमाडौं । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले घर बगाउँदा हराएका ७ मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् ।

गयरातिदेखि परेको अविरल वर्षाको कारण आज बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको थियो ।

पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्त माया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जनाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com