Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

पदम लिम्बूको शवयात्रका क्रममा विराटनगरमा झडप

काठमाण्डाै – प्रदेश १ को नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूको शवयात्राका क्रममा विराटनगरमा झडप भएको छ ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।  झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी र ६ जना आन्दोलनकारी घाइते भएको पोखरेलले जानकारी दिनुभयो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको एसपी पोखरेलले बताउनुभयो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको प्रहरीको दावी छ । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

झडपमा घाइते भएका लिम्बूको उपचारको क्रममा चैत १० गते ज्यान गएको हो । लिम्बूलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com