Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

शिक्षा विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ : सभामुख देवराज घिमिरे

असोज,७ काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० नियमित प्रक्रियाबाट अघि बढ्ने बताएका छन् ।

आयरल्यान्डको भ्रमण सकाएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भव भए सहमति नभए प्रक्रियामा लगेर टुंगो लगाउने बताए ।

“विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ,” उनले भने, “विधेयकलाई छलफल गर्ने, बहस गर्ने सहमति खोज्ने विषयलाई सहमति गरेर टुंगो लगाउने सहमति नभएका कुराहरूलाई प्रक्रियाबाट टुंगो लगाउने भूमिका रहन्छ ।”विधेयकको विरोधमा देशभरका शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेका थिए । शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुदे सहमति भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com