Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

भारतमा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १७ हजार चार सय ४७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ८१ हजार चार सय ४१ पुगेको छ । बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार सात सय नौ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड ९८ लाख ८९ हजार ९७ मात्रा खोप लगाइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com