Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ट्रम्पले राष्ट्रपति चुनावमा भाग लिन पाउने : अमेरिकी सर्वोच्च अदालतले ट्रम्पमाथिको प्रतिबन्ध उल्टायाे

काठमाण्डाै – अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । गएको डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी संविधानमा सशस्त्र विद्रोहीलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाउने व्यवस्था उल्लेख छ । यही अनुसार विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध गरिएको थियो । सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने गरी प्रतिबन्ध खारेज गरेपछि ट्रम्पले यो अमेरिकाकै लागि ठूलो जित भन्नुभएको छ ।

डोनाल्ड ट्रम्पले आज राष्ट्रपति उमेद्वार छनोटका लागि हुन लागेको अमेरिकी चुनावको प्रारम्भिक चरणमा भाग लिँदै हुनुहुन्छ । कोलोराडोसहित १५ वटा राज्यले आजको प्रारम्भिक चरणको मतदान गर्नेछन् ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वारको लागि ट्रम्पसँगै निक्की हेली चुनावी अभियानमा हुनुहुन्छ । प्रारम्भिक चुनावमा जसको बहुमत हुन्छ उहाँ नै रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावको उमेद्वार हुन सफल हुने बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com