Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

थप ५ दिन हिरासतमा पल शाह

काठमाडौं ४ चैत नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका पल शाहलाई जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
जिल्ला अदालत तनहुँले अनुसन्धान गर्न थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय ले जानकारी गराएको छ ।
नाबालिग गायिकाले जाहेरी दिएपछि शाहलाई प्रहरीले खोजी गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए।
पल शाहले १७ वर्षीया गायिकामाथि पटक –पटक बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ ।

बिहीबार मात्रै नवलपुर जिल्ला अदालतमा उनीविरूद्ध बलात्कारको मुद्दा दायर भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो।
नवलपुरमा उनलाई १२/१४ वर्ष कैद सजायको मागदाबी गरेको हो। यस्तै नाबालिगमाथि यौन हिंसा गरेको भन्दै ४ लाख क्षतिपूर्ति समेत माग गरिएको छ। ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com