Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जिप दुर्घटनामा मृत्यु भएका ६ जना एकै परिवारका

कार्तिक,६ काठमाण्डौ । पाल्पाको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेका पुष्टि भएको छ । प्रहरीका अनुसार उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका(१६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान्, श्रीमती हुनुहुन्छ ।

यस्तै, उहाँकी बुहारी सबिना र दुई नातीहरू ईसव र सबिसको पनि ज्यान गएको हो । यस्तै, सबिनाकी आमा लमजुङ बेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका चालक ईश्वर लोहनी कृष्णबहादुरका छोरा भएका प्रहरीले बताएको छ । उहाँको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । हिजो रानीमहल घुमेर फर्किने क्रममा उनीहरु चढेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप पल्टिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com