Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त, कम्तिमा २९ जना माओवादी विद्रोहीको ज्यान गएको दाबी

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ । हिजो दिउँसो भएको पछिल्लो घटना पर्सि अप्रिल १९ तारिखमा लोकसभाका लागि मतदान हुन लागेका बेला भएको हो । विद्रोही माओवादीले चुनाव बहिष्कारको अपिल गर्दै आएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com