Yeti Khabar

२०८१ जेष्ठ २, बुधबार - Wed May, 2024 -

दुबईमा  विश्वकै  ठूलो विमानस्थल टर्मिनलको निर्माण शुरु

दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ ।

दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल मार्फत विमानस्थलमा नयाँ यात्री टर्मिनलको डिजाइनलाई स्वीकृति दिएर ३४ अर्ब ८५ करोड अमेरिकी डलरको लागतमा भवनको निर्माण शुरु भएको जानकारी दिनुभएको छ । 

यो टर्मिनल पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल विश्वको सबैभन्दा बढी क्षमताको हुने  र अहिलेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुनेछ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो । एजेन्सी 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com