Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

माओवादी केन्द्रका नेता रामकुमार शर्मा आज जसपा प्रवेश गर्दै

बैशाख,९ काठमाडौँ । केही दिन अघि नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमको बिच उनी प्रवेश गर्न लागेका छन् ।

नेता शर्मासहितका माओवादीका अन्य नेता तथा कार्यकर्ता जसपा प्रवेश गर्न लागेका छन्। माओवादीमा भ्रष्टाचार मौलायो, जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टीले काम नगरेको भन्दै उनी पार्टीबाट राजीनामा दिएका थिए ।

उपेन्द्र यादवको तत्कालीन मधेसी जनअधिकार फोरममा स्थापना कालदेखि काम गरेका उनी २०६५ मा फोरम छाडेर तमलोपामा गएका थिए । २०६७ मा तमलोपा छाडेर उनी माओवादी भएका थिए । पछि केही समय डा बाबुराम भट्टराईको नयाँ नेपालमा पनि काम गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com