Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मकवानपुरमा ४२ किलो लागूऔषध गाँजा बरामद

काठमाडौ ९ चैत मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकबाट ४२ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयजनाएको छ ।

गएराति ८ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो ट्रकबाट उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएपछि एक महिलासहित ३ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बतएका छन ।

पक्राउ पर्नेमा उक्त ट्रकका चालक मनहरी–६ बस्ने वर्ष ३१ को इश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ बस्ने वर्ष २२ को सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर–१२ बस्ने वर्ष ६० को राजेशप्रसाद रौनियार र सोही स्थान बस्ने वर्ष ४० की रेश्मा भर रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com