Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बैंक जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।

मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।-न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com