Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

श्रीलङ्काले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागू गर्ने

 

काठमाण्डौ – श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागू गर्ने भएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने श्रीलङ्का सरकारको सूचना विभागले जनाएको छ । विभागका अनुसार श्रीलङ्का नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले लागू गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि एआई सम्बन्धी प्रस्तावित पाइलट परियोजना शुरु गर्न स्वीकृति दिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com