Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गाजामा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुग्यो

लडाकु समूह हमाससँगको लडाइँमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमास र इजरायलबीच लडाइँ शुरु भएदेखि हिजोसम्म २२ हजार ६ सयको सङ्ख्यामा प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ । यी आक्रमणमा एक सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, दुई सय ९६ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमाले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध कारबाही थालेको थियो । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com