Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको छ : प्रतिवेदन

गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने गरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकाय यूएन विमेनले जनाएको छ ।

गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन र मानवीय आवश्यकतामा विनाशकारी असर पुर्याइरहेकाे प्रतिवेदनमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २५ हजार मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये झण्डै ७० प्रतिशत महिला र बालबालिका रहेका अनुमान गरिएको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ८५ प्रतिशत जनसंख्या विस्थापित भएको गाजामा २२ लाख जनसंख्या मध्ये सबैजसो असुरक्षा र खाद्य सङ्कटमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघले मानवीय अवस्था दयनीय बनेको भन्दै युद्ध रोक्न अपिल गरेको छ । अक्टोबर ७ मा इस्लामिक विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गर्दै आएको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com