Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो ।

बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन् ।

नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एल.एस.न्युरो अस्पताल वीरगञ्जमा पठाइएको थियो । उपचारको क्रममा साँझ ५ बजे सजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com