थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि
साउन,२३ काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९३४ जनामा संक्रमण पुष्टि भएको हो।
५ हजार ३५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार ८६२ जनाको पिसिआर र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६८६ जना सक्रिय संक्रमित छन्।
Facebook Comment