Yeti Khabar

२०८१ बैशाख ३०, आईतवार - Sun May, 2024 -

हमासद्वारा दुई जना इजरायली बन्दी सार्वजनिक

प्यालेस्टिनी बिद्रोही समूह हमासले थप दुई जना बन्दीहरु सार्वजनिक गरेको छ । ती बन्दीहरु जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । दुबै जनालाई अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि बन्दी बनाइएको थियो ।

भिडियोमा ओमिर मिरनले आफू दुई सय दुई दिनदेखि बन्दी भएको बताउनुभएको छ । भिडियो सार्वजनिक हुनुभन्दा केही समय अघि मात्रै रेकर्ड गरेको पाइएको इजरायली अधिकारीले बताएका छन् ।

अहिले इजरायलको तेल अभिभमा बन्दी रिहाइका लागि प्रयास गर्न ठूलो प्रदर्शन भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्दीको रिहाइका लागि आफूहरु वार्तामा रहेको भन्दै आफूहरुले सबै उपाय प्रयोग गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com