Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिदैँ

बैशाख,२१ काठमाडौं । गण्डकी प्रदेश सभाका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बस्दै छ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत बिहीबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए।

पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्र (मनाङबाट निर्वाचित राजीव गुरुङ)गरी ३५ जना प्रदेश सभा सदस्यले समर्थन गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com