Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

कात्तिक, २१ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरणको काम सुरु गरेको छ भने उनीहरुलाई आवासको व्यवस्था गर्ने काम पनि अघि बढाइएको बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com