Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

३४ जनालाई माफी दिनुपर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

 

काठमाण्डाै – संविधान दिवसको अवसरमा कैद सजाय मिनाहाका लागि सिफारिस भएकामध्ये ३४ जनाको बारेमा राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको छ ।

राष्ट्रपति कार्यालयले माफी मिनाहाका लागि सिफारिस भएका ३४ जनालाई माफी दिनु पर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि यसबारेमा स्पष्ट हुन खोजेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले आममाफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको स्रोतले जनाएको छ । सरकारले आउँदो असोज ३ गते संविधान दिवस पारेर ६ सय ७० जना कैदीबन्दीलाई माफी दिँदैछ । कारागार व्यवस्थापन विभागले कैद माफीका लागि आठ सय जनाको सूची पठाएको थियो।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा धेरैजसो ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेका बुझिएको छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com