Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गएकाे साेमवार पृथ्वीकाे तापक्रम अहिलेसम्मकै धेरै

पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । गएको सोमवार अर्थात् जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको अमेरिकी वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको सोमवार पृथ्वीको तापक्रम १७ दशमलव शून्य एक डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख छ । वैज्ञानिकहरूले तापक्रमको नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन् । यूएस नेशनल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्शनका वैज्ञानिकहरूले यसअघि २०१६ मा रेकर्ड भएको १६ दशमलव ९२ डिग्री सेल्सियससहित विगतमा कायम सबै कीर्तिमान अहिले तोडिएको बताएका छन् ।

चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिका भर्खरै चलेको गर्मीको लहरबाट प्रभावित भएका छन् । अनुसन्धाताहरूले मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन् ।

यस वर्षको शुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् । पृथ्वीका केही भागमा अहिलेसम्म नदेखिएका मौसमी गतिविधि देखिएको पनि अनुसन्धानकर्ताले बताएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com