Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

Monthly Archives: २०७९ पुष १२, मंगलवार १४:३४ बजे

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

नुवाकोटमा शल्यक्रियामार्फत् भैँसीलाई सुत्केरी गराइयो

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमवार हिजो शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ । नुवाकोटमा पशुचौपायाको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

बढ्यो सुनको मूल्य

पुष,१२ काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य बढेको छ। आज सुनको मूल्य दुई सयले बढेको हो।हिजो प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख सात सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई सय छ। सोमबार तेजाबी सुनको […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

इरानका फुटबलर अली दाईको परिवारलाई देश बाहिर जान रोक

इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ।इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै अली दाईका श्रीमती र छोरीलाई देश छोड्न रोक लगाएको हो। ५३ वर्षीय पूर्व खेलाडीका आफ्नो परिवार बिदा मनाउन तेहरानबाट दुबई आउने क्रममा रहेको जहाजलाई एउटा इरानी टापुमा अवतरण गर्न […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

कांग्रेसमा किचलो

नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो।राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न सभापतिसमेत रहेका देउवामाथि दबाब खडा गरेका कांग्रेस नेताहरूले नै अहिले नेतृत्वका कारण सबै पद […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पुष,१२ काठमाडौं । बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

अमेरिकामा चिसोले ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो

१२ पुस, काठमाडौं । उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

चीनमा अब विदेशबाट आउने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने

चीनले आगामी पुस २४ ( जनवरी ८ ) बाट अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने भएको छ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो। यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमाहरू फेरि खोल्न लागेको हो। […]

Read More

Breaking, अन्य, आर्थिक, किनमेल, कृषि, जीवनशैली, दुर्घटना, विजनेस, समाचार, सुरक्षा / अपराध | By: info@yetikhabar.com

पर्साको एक उद्योगमा आगलागी, १३ करोड क्षति भएको अनुमान

६ पुस, वीरगञ्ज । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो । मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ […]

Read More

Breaking, election, Featured, अन्य, आर्थिक, किनमेल, जीवनशैली, धर्म, प्रदेश, राजनीति, विचार, विजनेस, शिक्षा, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

मधेसका मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे पाँच वर्षका उपलब्धि

काठमाडौं । मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारले पाँच वर्षको अवधिमा गरेको कामको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । नयाँ सरकार बनाउन चहलपहल सुरु भएसँगै मुख्यमन्त्री राउतले मधेस भवनमा पत्रकार सम्मेलन गरी सातवटै प्रदेशमध्ये मधेश प्रदेश सरकारले उत्कृष्ट काम गरेको दाबी गरे । मधेस प्रदेश सरकारले गरेको कतिपय काम संघीय सरकारले रोक्ने […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com