Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कांग्रेसमा किचलो

नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो।
राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न सभापतिसमेत रहेका देउवामाथि दबाब खडा गरेका कांग्रेस नेताहरूले नै अहिले नेतृत्वका कारण सबै पद गुम्न पुगेको आरोप लगाउँदै आएका छन्। त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै देउवाले सभापतिबाट पनि राजीनामा गर्नुपर्ने इतरपक्षले बताउँदै आएका छन्।

नेता शेखर कोइरालाले संसद्बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको बताएका छन्। कोइरालाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ।’

कांग्रेस नेतृत्वको गठबन्धनमा मुख्य साझेदार रहेको माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको भन्दै कोइरालाले भनेका छन्, ‘हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ। अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन।’ पार्टीको गल्ती र कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको पनि नेता कोइरालाको आरोप छ।

प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमा सकिन लाग्दा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी नेतृत्वमा सरकार बनाउन लाग्नुको साटो साहित्यक कार्यक्रममा सहभागी भएको भन्दै उनीहरूको पनि आलोचना भइरहेको छ। संघ, प्रदेशका साथै राष्ट्रपति, सभामुखसहितका पदबाट कांग्रेस बाहिर पर्ने भएपछि नेताहरू एकअर्काबीच आरोप–प्रत्यारोप गर्दै आफूलाई राम्रो देखाउन सक्रिय भएका छन्।नागरिक दैनिक बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com