Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

Monthly Archives: २०८० जेष्ठ १७, बुधबार २१:२३ बजे

Breaking, Featured, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

स्वास्थ्य मन्त्रालयका ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्। उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालका अनुसार मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ। जिम्मेवारी हेरफेर भएसँगै औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल भएका छन्। परोपकार […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जना पक्राउ

जेठ, १७ काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको मूल्य हालसम्मकै उच्च

१७ जेठ, काठमाडौं । सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिन वृद्धि भएको छ । तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

मेलम्चीको पानी काठमाडौँ पठाइयो

मेलम्ची । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।  हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर  पदमबहादुर कुँवरले जानकारी दिए । रासस

Read More

Breaking, राजनीति, समाचार | By: info@yetikhabar.com

जसपा सरकारबाट बाहिरिने निर्णय

जेठ,१७ काठमाडौं । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। हिजो देखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। ‘हामी औपचारिक रूपमा केहीबेरमा निर्णय सार्वजनिक गर्नेछौं’, जसपाका एक नेताले भने, ‘निर्णय चाहिँ सरकार छाड्ने भयो।’पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

प्रधानमन्त्री प्रचण्ड गए चार दिने भारत भ्रमणमा

जेठ, १७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। आज अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका छन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका छन्। गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

फिलिपिन्समा पत्रकारको गोली हानी हत्या

मिन्डोरो । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो ।  मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।  आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

जेठ, १७ काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो

काठमाण्डौ – उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ । सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए । दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा […]

Read More

Breaking, Featured, राजनीति, विचार, समाचार | By: info@yetikhabar.com

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

जेठ,१७ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका छन् । भेटमा परराष्ट्र सचिव भरतराज पौडेलसमेत सहभागी थिए ।

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com