प्रधानमन्त्री प्रचण्ड गए चार दिने भारत भ्रमणमा

जेठ, १७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। आज अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका छन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका छन्।
गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन्।
Facebook Comment