Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना

जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।

आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।

विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए।

त्यस विषयमा अनुसन्धान गर्ने  र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए। ‘व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने। 

महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com