Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल

निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय व्यापारीका अनुसार निर्वाचनको उमेम्दवार चयन भएपछि झनै व्यापार व्यवसायमा वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसाय उत्साहित देखिएका छन् । स्थानीय व्यापारी रमेश तामाङले भने, “निर्वाचनको घोषणा भएपछि मानिसको चहलपहल बढेको छ । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । जनता तथा नेताहरूले निर्वाचनलाई उत्सवको रूपमा लिएका छन् ।”

विभिन्न ठाउँमा चुनाव केन्द्रित गतिविधि बढेपछि बजार मूल्यसमेत वृद्धि भएको छ । विषेश गरेर सहरी क्षेत्रका चोकमा मानिसको बाक्लो उपस्थित देखिएको छ । निर्वाचनका कारण बजारमा तरकारी, मासु तथा खाद्य बस्तुको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । भोजपुर बोखिमका स्थानीय किसान धनबहादुर थापाले भने, “निर्वाचनका कारण हामीजस्ता किसानलाईसमेत बेचबिखन गर्न सजिलो भएको छ । विगतमा भन्दा बजारमा तरकारीको माग बढी छ ।”

त्यस्तै छापाखाना, प्रेसलगायत क्षेत्रमासमेत निर्वाचनले प्रभाव पारेको छ । उम्मेदवार निर्वाचनको प्रचार सामग्री बनाउन आउने भएकोले छापाखाना सञ्चालन खुसी देखिएका छन् । त्यस्तै सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com