Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

वीरगञ्जमा धार्मिक सद्भाव र्‍याली निकालिँदै

मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सद्भाव र्‍याली निकाल्न लागिएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी गरिएको छ ।

केहीबेरमा वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किने धार्मिक सद्भाव र्‍यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायत सबैपक्षसँग महानगरपालिकाले अपिल गरेको छ ।

सर्लाहीको मलङ्गवामा दुई पक्षबीचको विवादका कारण वीरगञ्जमा पनि बन्द, हडताल र प्रदर्शन हुन थालेपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक सद्भाव र्‍याली निकाल्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि जिल्ला प्र्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकमा सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्तिसुरक्षा, अमञ्चयनमा असर पर्नेगरी धार्मिक एवं सामुदायिक प्रकारको र्‍याली, जुलुश, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com