Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्मा असन्तुष्ट, सदस्यहरूलाई असहमतिका बुँदा बाँडे

नेकपा (माओवादी केन्द्र)ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्।

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको थियो। उक्त बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन। बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ता गराएको जानकारी दिए। उनले कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको बताए । उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको बताए।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रूपमा नटुंग्याएकोप्रति पनि आफ्नो असहमति रहेको उनले उल्लेख गरे।

उनले भने, ‘मैले आफ्नो तर्फबाट निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु। विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन। पार्टी निर्माणलाई उद्देश्य राखेर भएन। विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो। विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहीन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरू, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुङ्ग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छु।’

उनले आफ्नो असहमतिका बुँदाहरू स्थायी कमिटी सदस्यहरूलाई बाँडेको जानकारी पनि दिए । उनले आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा असहमति राख्न पाइन्छ भनेर सकारात्मक रूपमा लिएको बताए। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com