Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

हावाहुरी र चट्याङबाट ५ जनाको

जेठ, ७ काठमाडौं । २४ घण्टामा हावाहुरी र चट्याङमा परेर ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ११ स्थित भोजाड जङ्गल स्थित भित्री सडकखण्डमा गुडिरहेको ना २ ह २२४७ नम्बर को अटोमा हावाहुरीको कारण रुख ढलि च्यापिन जाँदा २ जनाको मृत्यु भएको हो । यस्तै घाइते २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चितवनकै बसेनीमा गुडिरहेको ना१ज ६१४० नम्बरको म्याजिकमा हावाहुरीले रुख ढल्दा म्याजिक चालकको मृत्यु भएको छ ।
यसैगरी कैलालीको लम्किचुहा नगरपालिका ८ गोप्का स्थित भित्री सडकमा गुडीरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण सुकेको रुख ढल्न जाँदा बसमा सवार ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका ३ सावाकटहरे चण्डीथान बस्ने बर्ष ४३ की महिलाको चट्याङ लागेर मृत्यु भएको छ । उनी शौचालय गएको बेला चट्याङ परेको प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।
यस्तै यसैगरी सुनसरीको तरहरामा पनि चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मोबाइल चलाएर बसिरहेको बखत चट्याङ लागेको थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com