Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आम आदमी पार्टीकी शैली बनिन् दिल्लीको मेयर

नयाँ दिल्ली । दिल्ली नगर निगमको मेयर पदका लागि आम आदमी पार्टीकी उम्मेदवार शैली ओबेरोय विजयी भएकी छन् । एमसीडीको मेयर पदका लागि बुधबार भएको निर्वाचनमा आम आदमी पार्टीकी उम्मेदवार शैली ओबेरोयले भारतीय जनता पार्टीकी उम्मेदवार रेखा गुप्तालाई ३४ मतले पराजित गरेकी हुन् ।

विजयपछि शैली ओबेरोयले भनिन्, ‘म एमसीडीलाई संवैधानिक रूपमा चलाउनेछु। म आशा गर्छु कि तपाईं सबैले सदनको गरिमा कायम राख्नुहुनेछ र यसलाई सुचारु रूपमा सञ्चालन गर्नुहुनेछ।’ शेली ओबेरोयलाई उनको जितमा बधाई दिँदै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भने, ‘गुन्डाहरू हारेका छन्, जनताले जितेका छन्। दिल्ली नगर निगममा आम आदमी पार्टीको मेयर बनाउनुभएकोमा सबै कार्यकर्ताहरूलाई धेरै धेरै बधाई र दिल्लीका जनतालाई हृदयदेखि नै आभार । आम आदमी पार्टीको पहिलो मेयर शैली ओबेरोयलाई धेरै धेरै बधाई । ’एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com