Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

काठमाडौंमा पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

कार्तिक,१६काठमाडौं । काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
हिजो बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए।

उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बाताए ।

प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने खुलाएको छैन।
यता मृतकको पनि पहिचान भने नखुलेको एसपी मैनालीले जानकारी दिए । मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति थिए। मृतकको निधारमा चोट देखिएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com