Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि कुटपिट

माघ,२४ काठमाडौं । रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारमाथि निर्घात कुटपिट भएको छ। किसानले लगेको १०० क्विन्टल उखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरू आन्दोलनमा उत्रिएका थिए। किसानहरूले उखु जोख्ने ठाउँमा नारा-जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका छन् ।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिका सञ्चालक अजय प्रकाशकै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताए। आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com