Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

प्रहरी कार्यालयमा तोडफोड स्थिति नियन्त्रणमा लिन ८ राउण्ड गोली चलाइयो

जेठ, २१ काठमाण्डौ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृत भेटिएका १० कक्षामा अध्ययनरत शाहीको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् ।

अनुसन्धान गर्न घटनास्थलमा जान रोक लगाएर स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड गोली चलाइएको अछामका डिएसपी रविराज थपलियाले बताए ।

जेठ १७ मा ३ वटा मोटरसाइकलमा आएका ९ जनाले पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा दुईजनालाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा संलग्न मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com