Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

धरानमा एक जना वृद्धाको हत्या

भदौ,२९ काठमाडौं । सुनसरीको धरानमा एक जना वृद्धाको हत्या भएको छ।
धरान उपमहानगर–२० मा एक्लै बस्दै आएकी ६५ वर्षीया वृद्धा पूर्णीमाया राईको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।
‘उहाँलाई घाइते बनाएर हत्या गरेको देखिन्छ’, सुनसरी प्रमुख एसपी प्रभु ढकालले भने, ‘गत राति हत्या भएको जस्तो देखिन्छ। थप अनुसन्धान जारी छ।’

एसपी ढकालले विस्तृत अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताए पनि प्रहरी स्रोतका अनुसार उनको हत्या लुटेरा समूहले गरेको हुन सक्ने अनुमान छ।

सुन र नगद लुटेपछि उनको हत्या भएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ।
मृतक एक्लै घरमा एक्लै बस्ने गरेकी थिइन्। घाँटीमा र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने स्रोतको अनुमान छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com