Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जसपाका राजेशमानले जिते वीरगन्जको मेयर

जेठ, १० जनता समाजवादी पार्टी (जसपा )का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्।

उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
राजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्।

यहाँ नेकपा एमाले-लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगी पराजित भएका छन्।
उनले जम्मा २३ हजार छ सय ७१ मतमात्रै ल्याएका छन्।
राजेशमाले सरावगीलाई २२ हजार पाँच सय ४४ मतले हराएका हुन्।

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए। उनले ३० हजार ७८ मत ल्याएका छन्।
उपमेयरमा एमाले-लोसपा गठबन्धन उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार पाँच सय ६८ मत ल्याएर पराजित भएका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com