सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँले बढ्यो

कार्तिक,२५ काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बढेर आज ९६ हजार ७ सय रूपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यता चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढेको छ ।
Facebook Comment