Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पोखरा महानगरको मेयरमा धनराज जितको नजिक

जेठ, ९ काठमाडौं । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन्।
अहिले सम्मको मत परिणाम अनुसार आचार्यले ४ हजार ४३६ मतको अग्रता लिएका छन्।

पोखरामा कुल खसेको मत १ लाख ४३ हजार २२६ मध्ये हालसम्म १ लाख ३० हजार ७२७ मतगणना सकिएको छ। अब महानगरका १२ हजार ४९९ मत गन्न बाँकी छ।

हालसम्मको मतगणना परिणाम अनुसार आचार्यले ५२ हजार ९७२ मत पाएका छन्। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले हालसम्म ४८ हजार ५३६ मत पाएका छन्।

थापा मेयर निर्वाचित हुन गणना हुन बाँकी मतमा ८ हजार बढी मत पाउनुपर्छ, जुन असम्भव देखिएको एमाले कास्कीका एक नेताले बताए।
अहिलेसम्मको मत परिणाम हेर्दा लगातार आचार्यले अग्रता लिइरहेका छन्। एमालेले वडाध्यक्ष र उपमेयरमा बढी मत पाएका ठाउँमा समेत आचार्यको अग्रता देखिएको छ। गणना हुन बाँकी रहेको १२ हजार ४ सय ९९ मतमा आचार्यका पक्षमा कम मत आएपनि अहिलेसम्म ४ हजार ४३६ मतले अग्रता लिएकाले थापाको हार देखिएको ती नेताले बताए।

हालसम्मको मत परिणाम अनुसार मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ४६२ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९१९ मत पाएका छन्।
यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरूङ पनि जित्ने पक्का देखिन्छ।

हालसम्मको गणना अनुसार उनले ५५ हजार ५०४ मत पाएकी छिन् भने कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले ५१ हजार ४८२ मत पाएकी छिन्।
गुरुङले ४ हजार २२ मतले रानाभाटलाई पछि पारेकी छन्। अब गन्न बाँकी रहेका १२ हजार ४ सय ९९ मतमा ८ हजार बढी मत रानाभाटले पाउँदा मात्र उनले जित्न सक्ने देखिएको छ।

मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीले अग्रता लिइरहेका ठाउँकै मतगणना भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com