Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्थानीय निर्वाचनका लागि मतदान केन्द्र /स्थल तोकिएका विद्यालय तीन दिन बिदा माग

काठमाडौं १५ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र/स्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ।

आज नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान र निर्वाचनसम्बन्धी व्यवस्थापकीय काम गर्नुपर्ने भएकोले सरकारसँग मतदान केन्द्ररस्थल तोकिएका विद्यालयलाई तीन दिन बिदा दिन अनुरोध गर्ने बताए।
वैशाख २८ देखि ३० गतेसम्म बिदा दिन आयोगले मागेको हो।

सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्ने उनले बताए।
यस्तै, चुनावका दिन देशभर विद्यालय बन्द गर्न समेत सरकारलाई अनुरोध गर्ने उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com